८६ वर्षीया ज्योतीले ल्याइन ‘ज्योतीको सङ्गालो’

सङ्गीत । जिवनमा केही कुरा गर्न चाहियो भने उमेर छेक्दैन भन्ने कुरा ८६ वर्षीया ज्योती कोइरालाले पुष्टि गर्न सफल भएकी छिन् । ८६ बर्षको उमेरमा ज्योती कोइरालाले आफ्नो पहिलो सृजना गीतिसंग्रह ‘ज्योतीको सङ्गालो’ ल्याएकी छिन् । आज काठमाडौको आयोजित एक कार्यक्रम बिच पुर्वमन्त्री परिसद अध्यक्ष खिलराज रेग्मी, मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला, लोकगायक बमबहादुर कार्कीले उक्त गीतिसंग्रहको संयुक्त विमोचन गरे ।

पाँच गीत संग्रहित एल्बममा दीपक शर्माको एकल संगीत रहेको छ । कार्य​क्र​म​माझ​ स​र्ज​क ज्योती कोईरालाले गित​ र​ भाव​ बारे प्रस्ट्याउदै सात दशक अघिको परिवेशलाई समेटिएको जानकारी दिईन् ।

कमेन्ट गर्नुहोस्