नीरजको फिल्ममा अजय

फिल्म । बलिउडमा ‘अ वेडनस डे’जस्तो फिल्म मार्फत निर्देशनमा पाइला टेकेका नीरज पाण्डे पछिल्लो समयका चर्चित निर्देशक हुन् । विशेषगरी इण्डो-पाक स्टोरीलाई पर्दामा उतार्न माहिर मानिने नीरजले प्राय फिल्म अक्षय कुमारसँग गरेका छन् । अक्षयलाई लिएर पहिलो पटक ‘स्पेसल २६’ निर्देशन गरेका नीरजले त्यसपछि ‘बेबी’ नामक फिल्म निर्देशन गरे । दुवै फिल्म अक्षयको सम्झनलायक फिल्ममा पर्छन् । निर्माताको रुपमा पनि अक्षय र नीरजले रुस्तम , ट्वाइलेट एक प्रेम कथामा सहकार्य गरेका छन् । तर , त्यसपछि यी दुइको सम्बन्ध खास ठिक छैन ।

नीरजले अक्षयलाई लिएर ‘क्रयाक’ नामक फिल्म घोषणा गरेका थिए । यद्दपी त्यो फिल्मले अझै मुर्तरुप पाउन सकेको छैन । यसै फिल्मको शिलशिलामा अक्षय र नीरज बीच सम्बन्धमा दरार आएको चर्चा बलिउडमा छ । त्यसपछि यी दुइले सहकार्य गर्न सकेका छैनन् । यसैकारण हुन् सक्छ , नीरजले नयाँ फिल्म अजय देवगनलाई अफर गरेका छन् । पछिल्लो समय बलिउडमा एकपछि अर्को हिट दिईरहेका अजयलाई नीरजले ‘चाणक्य’ नामक फिल्मको लागि अप्रोच गरेका हुन् ।

पीरियड-ड्रामा यसफिल्ममा अजयले सम्राट चंद्रगुप्त मौर्यको सल्लाहकार ‘चाणक्य’ को भूमिका निर्वाह गर्नेछन् । क्यारेक्टरको लागि अजयले मेकअपको सहारा नलिने समेत नीरजले बताएका छन् । ‘अजय आफै पनि भूमिकालाई जीवन्त बनाउन चाहन्छन् , त्यसैले मेकअपको भन्दा पनि लुक्सको लागि रियालिटीमै काम गर्ने छौ’ नीरजले भने । (एजेन्सी)

कमेन्ट गर्नुहोस्