फिल्म । अभिनेता दयाहाङ राई र प्रकृति श्रेष्ठको अभिनय रहने फिल्म ‘बिहे पास’ को घोषणा भएको छ । म्युजिक भिडियो हुँदै फिल्ममा अभिनय गरेकी प्रकृति केहि समय यता भने अभिनयबाट टाढिएकी थिइन् । सामाजिक कथावस्तुमा निर्माण हुन लागेको यो फिल्मलाई प्रवेश पौडेलले निर्देशन गर्दैछन् । ‘अमेरिका बोइज’ मार्फत आफ्नो काम नोटिस गराउन सफल प्रवेशले दया र प्रकृतिको जोडी विषयवस्तु सुहाउँदो रहेको बताए ।
रोहित कट्टेलको प्रस्तुतिमा तयार हुने यो फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् भने ग्याल्जेन लामा यसका सह–निर्माता हुन् ।
आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन चैत्रबाट सुरु हुनेछ । आकाश बराल, सजन काफ्ले र मुरे केरको लेखन रहेको यो फिल्मका लागि अन्य कलाकार र प्राविधिकको छनोट कार्य जारी रहेको निर्माणपक्षले बताएको छ ।
कमेन्ट गर्नुहोस्