शुटिङ रोकियो ‘जात्रै जात्रा’ , नयाँ डेट कहिले ?

फिल्म । जात्राको सफलतापछी तयार भईरहेको फिल्म ‘जात्रै जात्रा’ फागुन १७ मा रिलिज नहुने सम्भावना बढेको छ । फिल्मका मुख्य कलाकार विपिन कार्की दुर्घटनामा परेपछि केहि समयको विश्राममा पुनः फ्लोर ज्वाइन गरेर पनि विपिनले अभिनय गर्न नसक्ने भएपछि निर्माण टिमले शुटिङ रोकेको छ । गत शनिवारबाट मात्र ब्रेक गरिएको शुटिङ सुरु भएको थियो तर अब पुनः शुटिङ रोकिएपछी फिल्म घोषित डेटमा रिलिज नहुने सम्भावना बढ्दो छ । फागुन १७ मै अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ रिलिज हुदैछ । स्टारडममा अनमोल अगाडी छन् भने सोसल ड्रामामा विपिनलाई रुचाइन्छ ।

यसैले गर्दा पनि अनमोल र विपिनको यो दुई फिल्मसँगै नआओस भन्ने चाहना फिल्मकर्मी तथा दर्शकको पनि थियो । आश गरिएका दुई फिल्म जात्रै जात्रा र क्याप्टेनसँगै आउदा धेरथोर घाटा दुबैलाई लाग्नेमा दुईमत थिएन् । विपिनले छायाँकन गर्न नसकेपछी शुटिङ रोकिएको बुझिएको छ । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको जात्रा जात्रले आन्तरिक छलफलपछी नयाँ डेट घोषणा गर्ने बुझिएको छ । संवत फिल्म चाडैमा नयाँ वर्षमा आउँन सक्ने बुझिएको छ । अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ लाइ दिवाकर भट्टराईले निर्देशन गरिरहेका छन् । फिल्म फागुन १७ मा एक्लै रिलिज सम्भावना बढेको छ ।

कमेन्ट गर्नुहोस्