फिल्म । दसैँलाई लक्षित गर्दै फूलपातीबाट रिलिज भएको फिल्म ‘हरिबहादुरको जुत्ता’ ले बिहानबाट दर्शकको बलियो साथ पाएको छ । बिहान ५:४५ देखि प्रदर्शन सुरुवात गरेको फिल्मका अधिकांश शो हाउसफुल रहेका छन् । बिहान देखिका शो हलमा दर्शकको ८० प्रतिशत बढी अकुपेन्सी रहेको छ भने अधिकांश हल हाउसफुल बनेका छन् । केहि हलले वर्ड अफ माउथ बलियो भएको कारण बोलीको लागी शो संख्या बढाएका छन् ।
बिहानबाट नै हरिवंश आचार्य सहितका कलाकार हलमा पुगिरहेका छन् । पारिवारिक दर्शक देखिएको हलमा उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ । बिशेष गरि हरिबहादुरलाई पर्दामा हेरेका बुढाबुढी हलमा देखिएका थिए । यसमा फेरी हरिबहादुरलाई देख्न पाउँदा खुसि मिलेको प्रतिक्रिया दर्शकले दिएका छन् ।
दिपेन्द्र के खनाल निर्देशित उक्त फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन् । कृष्ण बहादुर थापाले खिचेको उक्त फिल्मलाई नकुल खड्काले सम्पादन गरेका छन् ।










