साम्तेनको ‘धुपौरे’ मा अनमोल

फिल्म । केहि समय यता देखिएको अभिनेता अनमोल केसी र निर्देशक साम्तेन भुटिया बीचको निकटता अन्तत प्रस्टीएको छ । यी दुइको सहकार्य नयाँ फिल्म ‘धुपौरे’ को लागि भएको हो । यसै हप्ता मात्र अनमोलले फिल्म साइन गरेका हुन् । बुझीए अनुसार उनलाई अहिलेसम्मकै महँगो पारिश्रमिकमा अनुबन्धित गरिएको हो ।

डार्क एक्सन-लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा जयन श्रेष्ठ निर्माता रहेका छन् भने रुपेन्द्र खड्गी प्रस्तुतकर्ता । जेएस इन्टरटेनमेन्ट र फिल्म नेपालको संयुक्त व्यानरमा फिल्म निर्माण हुनेछ । ‘अनमोललाई सुहाउँदो क्यारेक्टर भएकाले अफर गरेका हौ’ साम्तेन भन्छन् ‘अनमोलको फ्यानले उसलाई यसमा देखेर झन् खुसि हुनुहुनेछ ।’

धुपौरे भन्नाले केहीको पछि लाग्ने वा काम बनाउन नसकेको , दाउ छोप्ने जस्तो बुझिन्छ । फरक धारका फिल्म बनाउने निर्देशकको रुपमा चिनिएका साम्तेनको नयाँ फिल्म ‘च च हुई’ आउँदो मंसिर ६ गते प्रदर्शनमा आउँदैछ । त्यसपछि ‘धुपौरे’ फ्लोरमा जानेछ । बुझीए अनुसार यो फिल्मको छायाँकन मङ्सिर २० बाट सुरु हुनेछ । फिल्मलाई रिलिज समेत यसै वर्ष गरिने तयारी सहित निर्माण टिमले फ्लोरको डेट तय गरेको हो । वितरकसंगको छलफलपछि फिल्मको रिलिज डेट घोषणा हुनेछ । फिल्मको लागि नायिकाको समेत खोजि भईरहेको छ ।

कमेन्ट गर्नुहोस्