‘२.०’ बनायो तिन रेकर्ड

फिल्म । फिल्म ‘२.०’ को चर्चा बढ्दो छ । फिल्म कस्तो छ भन्ने मात्र होइन फिल्मले कति कमायो भन्ने जिज्ञाषा पनि सबैलाई छ । किनकी यो एसियाकै दोस्रो महँगो फिल्म हो । एस शंकरको निर्देशनमा तयार भएको फिल्ममा रजनिकांत , अक्षय कुमार र एमी ज्याक्सन मुख्य भूमिकामा छन् । फिल्मले हिन्दी भर्जनमा डे फस्टमा २० करोड २५ लाखको कमाइ गरेको छ । १ हजार ७९ दिन लगायाएर तयार गरिएको फिल्मले रिलिज भएसँगै केहि रेकर्ड बनाएको छ ।

फस्ट डे कलेक्सन रेकर्ड

फिल्मले पहिलो दिन अल इन्डियाबाट ६४ करोड बारबारको कलेक्सन गरेको छ । यो यस वर्षकै बिग ओपनिङ हो । यस अघि गत दिपावलीमा रिलिज भएको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ ले ५२ करोडको कलेक्सन गरेको थियो । ‘२.०’ ले हिन्दी भर्सनसँगै अन्य भाषामा पनि राम्रो कलेक्सन गर्न सफल भएको हो । तर अघिल्लो वर्ष सन् २०१७ मा रिलिज भएको फिल्म ‘बाहुबली २’ ले भने एकै दिनमा १ सय २२ करोड बराबरको कलेक्सन गरेर इतिहास नै रचेको थियो । ‘२.०’ ले बाहुबली २ को रेकर्ड भने ब्रेक गर्न सकेन । तर सन् २०१८ कै बिग ओपनर भएर रेकर्ड भने बनाउन सफल भएको छ ।

अक्षय कुमार अभिनित बढी ओपनिङ गर्ने फिल्म

बलिउड अभिनेता अक्षय कुमार अभिनित फस्ट डे कलेक्सनमा सबै भन्दा बढी कलेक्सन गर्ने फिल्ममा ‘२.०’ पहिलो नम्बर आइपुगेको छ । यस अघि उनि अभिनित फिल्म ‘गोल्ड’ ले २५ करोडको रेकर्ड बनाएको थियो । तर नन होलिडेमा २.० ले ६४ करोडको कलेक्सन गर्दै अग्रपंतिमा पर्न सफल भएको छ । फिल्ममा अक्षयले पंक्षी राजनको भूमिका निर्वाह गरेका छन् ।

चेन्नई र तमिलनाडुको बिग ओपनर

फिल्मले डे फस्टमा कति कमायो ? यो जिज्ञाषा धेरैलाई छ । फिल्मले रेकर्ड बनाउने क्रममा चेन्नई र तमिलनाडुमा फस्ट डे सबै भन्दा बढी कलेक्सन गर्ने फिल्मको रेकर्ड बनाएको छ । ‘२.०’ ले तमिलनाडुमा पहिलो दिन नै ३३ करोड ५८ लाख बराबरको कलेक्सन गर्न सफल भएको छ । यस अघि विजय अभिनित ‘सरकार’ ले ३१ करोड रुपैया बराबरको कलेक्सन गर्न सफल हुदै रेकर्ड बनाएको थियो । फिल्मले चेन्नईमा मात्र २ करोड ६४ लाखको ब्यापार गर्न सफल भएको हो । यस अघि ‘मार्सेल’ ले बढी ओपनरको रेकर्ड बनाएको थियो ।

शंकरको निर्देशन र रजनिकांतको अभिनय रहेकै कारण फिल्मले साउथ इन्डियामा राम्रो कलेक्सन गरिरहेको छ । विशेष गरि साउथ इन्डियामा रजनिकांतलाई पुजा नै गर्ने गर्छन , दर्शकले । साउथका केहि हलमा पहिलो दिनको शो मा रजनिकांतको पहिलो सर्टमा केहि समय रोक्दै उनको दिर्घायुको कामना समेत दर्शकले गरेका थिए । फिल्मले विकेन्डमा ३ सय करोड ग्रस कलेक्सन गर्ने अनुमान ट्रेड एनालिस्टले गरेका छन् ।

(एजेन्सी सहयोगमा)

कमेन्ट गर्नुहोस्