गुनगुन सामाजिक कथा – निर्देशक भट्टराई

जयहोस् । कार्तिक ३० मा रिलिज हुने फिल्म ‘गुनगुन’ लाई निर्देशक तथा कलाकार पुकार भट्टराईले सामाजिक कथा रहेको फिल्म बताएका छन् । उनले फिल्मले पछिल्लो समयको समसामयिक कथा वस्तुलाई चित्रण गर्ने जनाएका छन् । ‘फिल्ममा कथा नै हिरो हो , हामीले यसमा निकै मेहनत गरेका छौ’ पुकारले भने । उनले कथा अनुसारनै कलाकारहरु फिट भएको समेत बताए । ‘कलाकारहरु सबै सुहाउदो भूमिकामा हुनुहुन्छ , फिल्म हेरेपछि दर्शकले रुचाउनु हुन्छ’ निर्देशक भट्टराई विश्वस्त छन् । कलाकारिता हुदै निर्देशनमा आएका भट्टराईले आफ्नो अनुभवले फिल्म गुनगुन निर्माण तथा निर्देशन गरेको बताए । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिता लुइँटेल , रविन्द्र प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ । फिल्ममा हिमाल केसीको द्वन्द , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ ।
कमेन्ट गर्नुहोस्