फिल्म । दुई कालखण्डको प्रेम कथा देखाएको फिल्म ‘प्रेमगन्ज’ को प्रिमियर गरिएको छ । मंगलवार काठमाडौं स्थित वान सिनेमाजमा सम्पन्न प्रिमियरमा कलाकार, निर्देशक, निर्माता, सञ्चारकर्मीदेखि फिल्मकर्मी सहभागी हुँदै फिल्मको पहिलो दर्शक बने । निर्देशक परिच्छेद सेन, कलाकारहरु तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ , राइडर प्रशान्त , पवन भट्टराई लगायत प्रिमियरमा उपस्थित रहे । सीमान्त उदास, दीपेन्द्र के खनाल, लय संग्रौला, नरेश पौड्याल , पुस्कर लामा , नरेश कुमार केसी , लेखक सामिप्य तिमल्सेना लगायतका फिल्मकर्मी समेत उपस्थित थिए ।
फिल्ममा सुप्रिया खनाल, सिमरन खड्का , नरेश पौड्याल, रश्मि भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली लगायतको अभिनय रहेको छ । अर्जुन जीसीको सम्पादन र सञ्जय लामाको छायांकन रहेको फिल्ममा किरण भुसाल, पुरुषोत्तम ढुंगेल, गैरे सुरेश र सरोज पोखरेलको संगीत रहेको छ ।














