निशानको परीमा विपिनसँग शृष्टि

फिल्म । पछिल्लो समय फिल्म ‘जात्रै जात्रा’ को छायांकनमा व्यस्त अभिनेता विपिन कार्की नया फिल्म ‘परी : उडन देउ’ मा अनुबन्धित भएका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको कास्ट एण्ड क्रिउको बारेमा जानकारी गराइयो । म्यूजिक भिडियो सम्पादक तथा निर्देशक निशान कश्यपको डेब्यू निर्देशनमा बन्न लागेको फिल्ममा विपिनसँगै श्रृष्टि खड्काको मुख्य भूमिका रहनेछ । बैशाखबाट छायांकन सुरु हुने फिल्मका लागि साढे एक करोडको बजेट छुट्याइएको छ ।

फिल्मलाई रुपेशमान अमात्यले निर्माण गर्नेछन् । फिल्मको कन्सेप्ट निर्देशक कश्यप स्वयंको हो । यसले संवेदनशिल विषय उठाउने बताइएको छ । ‘फिल्म रमाइलो, पारिवारिक र सस्पेन्स थ्रिलर हुनेछ’ निर्देशकले फिल्मलाई प्रस्ट्याउदै भने । आरएन आइकनको ब्यानरमा बन्ने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । फिल्मका लागि छनोट भएका बाँकी कलाकार भने केही दिनमा सार्वजनिक गर्ने निर्देशक निशानले बताए । निपिल शर्माको कथा लेखन रहेको फिल्ममा सफल केसी मुख्य सहायक निर्देशकको रुपमा रहनेछन्।

तस्वीरहरु आर्यन बिमली
कमेन्ट गर्नुहोस्