‘एउटै गीतको लागि एक महिना प्रशिक्षण’

0 Shares

फिल्म । अभिनेत्री माधुरी दीक्षितलाई नृत्यमा निपुण पनि भनिन्छ । उनले गर्ने नृत्य र त्यसमा दिने एक्सप्रेसनले दर्शक मोहित हुने गर्छन् । फिल्म ‘तेजाब’ को गीत ‘एक दो तिन चार पाँच छे’ मार्फत फेमश बनेकी माधुरी पछिल्लो समय पर्दामा सकिय छैनन् । यद्दपी फिल्ममा नदेखिने भने होइनन् । तर , उनको सुन्दरता र नृत्यको चर्चा पछिल्लो समय पनि उत्तिकै छ ।

स्कुल र कजेल लाइफमा कहिले काहीं स्टेजमा देखिएको माधुरीले कत्थक नृत्य गर्छु भन्ने सोचेकी थिइन् । माक्रोबायोलोगी अध्यन गर्ने तयारीमा रहेकी माधुरीलाई १२ कक्षामै ‘अबोध’ नामक फिल्म अफर भयो । तर , उनको परिवार भने फिल्म खेलाउने मनसायमा थिएनन् । यसैबीच एक पटक अफर गरिएको प्रोडक्सन हाउस राजश्रीमा जाने निर्णय परिवारले गर्यो ।

उनलाई राजश्री प्रोडक्सनमा काम गर्ने गोविन्द मुनेशले फिल्म अफर गरेका थिए । गोविन्दको छोरी र माधुरीको दिदीसँगै पढ्ने भएकोले राजश्रीसम्म कुरा पुगेको थियो । ‘त्यो समयमा राजश्रीले कलेज गर्ल खोजेको रहेछ । त्यसैले मुनेशजीले मलाइ अफर गर्नु भयो । उहाँले एक पटक भेट्न कर गरेपछि हामी स-परिवार भेट्न पुग्यौ’ माधुरीले भनिन् ।

राजश्री प्रोडक्सनमा माधुरी र उनको परिवारलाई पारिवारिक माहोल लाग्यो । त्यसपछि फिल्ममा काम गर्ने सहमति जुट्यो । यद्दपी ‘अबोध’ फिल्म सफल हुन् सकेन , नत माधुरीलाई चिनाउननै सक्यो । उनलाई चिनाउने गीत ‘तेजाब’ कै थियो । त्यो फिल्म रिलिजपछी उनले एअरपोर्टमा पहिलोपटक अटोग्राफ दिएकी थिइन् । तर , सुरुवाती समयमा त्यो गीत उनलाई खासै लागेको थिएन ।

‘सबैलाई गीत मन परेको थियो । यद्दपी म भने त्यो नम्बर भाको गीत किन राखेको होला भन्ने सोच्दै थिए’ माधुरीले भनिन् । उनले गीतकै लागि कोरियोग्राफर सरोज खानसँग एक महिना प्रशिक्षण लिईन् । नृत्यमा राम्रो भएपनि क्यामरा अनुसारको नृत्यको लागि उनले एक महिना सिकेकी थिइन् । ‘त्यहिँ प्राक्टिसको क्रममा मैले क्यामेरासँग फ्रेन्डली हुन् सिके’ उनले भनिन् । त्यसपछि उनले लगातार फिल्म गरिन् । एकपछि अर्को फिल्म मार्फत उनले आफुलाई सफल बनाउदै अगाडी बढीन । गत वर्ष उनि अभिनित फिल्म ‘टोटल धमाल’ रिलिज भएको थियो । (एजेन्सी सहयोगमा)

कमेन्ट गर्नुहोस्