३३ लागिन् श्रुति

फिल्म । साउथ इण्डियन अभिनेता कमल हसनकि छोरी श्रुति हसन ३३ औ वर्षमा प्रवेश गरेकी छिन् । २८ जनवरी १९८६ मा जन्मिएकी श्रुतिले आफ्नो करियरको सुरुवात साउथ इण्डियन फिल्म मार्फत नै गरेकी थिइन् । तर उनलाई बलिउडमा पनि सफलता भने उत्तिकै मिल्यो । उनले अभिनयको सुरुवात भने पिता कमलकै निर्देशनमा तयार भएको फिल्म हे राम मार्फत गरेकी थिइन् भने उनको बलिउड डेब्यु भने फिल्म लक मार्फत भएको थियो । उनि पछिल्लो समय आफ्नै पिताको निर्देशनमा तयार भईरहेको फिल्म र अर्को एक बलिउड प्रोजेक्टमा व्यस्त छैन ।

कमेन्ट गर्नुहोस्