शाहरुखको फिल्ममा कार्तिक

फिल्म । पछिल्लो समय युवापुस्ता माँझ निकै चर्चा बटुलिरहेका अभिनेता कार्तिक आर्यन शाहरुख खानको फिल्ममा देखिने भएका छन् । शाहरुखको कम्पनि रेड चिल्लिजले निर्माण गर्ने रोमान्टिक कमेडी फिल्ममा कार्तिक देखिने चर्चा यतिबेला बि-टाउनमा छ । भारतीय मिडियाले फिल्मको लागि कार्तिकले आफ्नो समय छुट्याईसकेको बताएका छन् ।

शाहरुखको रोमान्टिक फिल्महरुको फ्यान रहेका कार्तिकले कथा मन पराएका छन् । यसैले गर्दा उनले आउँदो २ महिनामा छायांकनमा जाने तयारी गरिरहेका छन् । फिल्ममा शाहरुख पनि देखिने सम्भावना छ । फिल्मलाई अजय बहलले निर्देशन गर्नेछन् । फिल्ममा शाहरुख प्रस्तुत भएपनि केमियो रोलमा हुनेछन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्