उमेशको जीवन ‘संघर्ष , प्रेम र सफलता’

जय होस् , गत असारमा प्रदर्शनमा आएको फिल्म हो ‘बोबी’ । रियल स्टोरीलाई फिल्म बनाइएको यसमा उमेश थापा र कविता गुरुङको प्रेम र सफलतालाई देखाइएको छ , जसमा यी दुई नै प्रस्तुत छन् । अर्थात् आफ्नै कथामा आफैले अभिनय गरेका छन् , बोबीमा । फिल्ममा झैँ रियलमा धनि गरिव मात्र होइन , अन्तरजातीय प्रेम पनि छ । फिल्मको झैँ घटनाक्रम र संघर्ष पाएपछि यी दुईको प्रेम कथालाई निर्देशक मिलन चाम्सले पर्दामा उतारेका हुन् । उनले अभिनय पनि यी दुईलाई गराए । यिनको कथालाई पटकथा बनाउने काम भने सञ्चारकर्मी नरेश भट्टराईले गरेका छन् । फिल्म प्रदर्शन भइसकेपछी उमेशको संघर्ष र कविताको त्यागको प्रसंसा नगर्ने सायदै थिए । फिल्म हेरिसकेका दर्शकलाई पनि केहि जिज्ञाषा मनमा रहन्छन नै किनकी केहि पाटो उजागर गरिएको छैन । त्यसैको विषयमा उमेशसँग जय होस् टिमले गरेको कुराकानी :-

बाल्यकाल र नर्वे यात्रा – उमेश आफुले बाल्यकाल पनि संघर्ष पूर्ण नै रहेको बताउछन । उनको घरमा बुवा , आमा , एक दिदि र एक भाइ थिए । अर्थात उमेशसंगै पाच सदसीय परिवार थियो । उनि नर्वेका नेपाल स्थित कन्सुलेटसंग सन् १९९६ तिर नर्वे गए । उनलाई एडप्ट नगरेता पनि ति नर्वेजियनले छोरा झैँ मान्थे र माया गर्थे । उमेश पनि उनलाई आफ्नो अभिभावककै रुपमा स्वीकारेर पढाइ र काम गरिरहेका थिए । तर ति नर्वेजियनले उमेशलाई इलेक्ट्रिक इन्जिनियर पढ्ने सल्लाह दिए । उनले नेपाल गएर हाइड्रोपावर पढेर आउँन पनि सुझाए । त्यसपछी उमेश तिन महिनापछी नेपाल आइपुगे । उनले त्यसबेला फर्किनासाथ दिदीको बिहेको ऋण तिरे , घरमा टिभी किने र घरकै अन्य समान किने । त्यसपछि उनि त्यहि अनुरुप कलेजको खोजि गर्न थाले । उनले इन्ट्रान्स परिक्षामा तेस्रो स्थानमा नाम त निकाले तर उनले रोजेको सब्जेक्ट पढ्न काठमाण्डौमा सम्भव भएँन । काठमाण्डौमा उक्त सब्जेक्ट नपढाउने भएपछी उनले पोखरा र धरानमा एउटा स्थान रोज्नु पर्ने थियो र उनले रोजे पोखरा । उनि भन्छन काठमाण्डौबाट नजिक हुने भएकोले पनि पोखरा रोजेको हु । तर उनको रोजाई मात्र होइन , सायद लेखा नै त्यहि थियो होला भाग्यको ।

कवितासँगको भेट – उमेश पोखरामा नाम निस्किएपछी पढ्न थालेको दुई वर्ष हुन् लागिसक्केको थियो । उनले त्यो दिन समझदा निकै रमाइलो लाग्ने बताउछन । उनि नर्वेबाट नेपाल पढ्नकै लागि फर्किएका थिए । ‘म पढाइ सकेर नर्वे पुग्ने सोचमा थिए , किनकी म माथि मेरो परिवारको दायित्व थियो’ उमेशले पुराना दिन सम्झिए । उनको भेट कवितासँग स्विमिङ पुलमा भएको थियो । तर उमेश स्विमिङ बिरलै जान्थे । ‘मसँग त्यो समयमा पैसा हुन्थेन , भएको पैसा स्विमिङ जस्ता मनोरंजन भन्दा पनि अन्य काममै लगाउथे’ उमेशले कवितासँग भेटिनु भाविकै लेखा रहेको बताए । उनि त्यसबेला भैरहवा तीरबाट घुम्न आएको गेस्टलाई लिएर त्यहाँ पुगेका रहेछन । उनि विभिन्न कामले गर्दा भैरहवा पुग्दा टि गेस्टलाई चिनेको बताउछन । स्विमिङ नआउने उमेश अचानक त्यो दिन गेस्टलाई केहि साथीसँग स्विमिङ लिएर गएका रहेछन ।

प्रेम र विवाह – उमेशले पहिला उक्त भेटलाई खासै सिरियस रुपमा लिएका थिएनन् । तर जब कविताको फोन आयो अनि सामिप्यता बढ्न थाल्यो उनलाई पनि खास लाग्न थाल्यो । ‘मलाइ मन पर्न थालेपछि दिनको एक पटक भेट्नै पर्ने , कहिले म उसको कलेज पुग्थे त कहिले उ औठी’ उमेशले पुराना दिन सम्झिए । उमेशलाई भने सहज थिएन , भेटघाटको लागि । किनकी उनको पढाई अन्तिम वर्षमा थियो अनि उनीमाथि पारिवारिक दायित्व पनि थियो । ‘मैले उनलाई भेट्न जादा ३ वटा बस चेन्ज गर्नु पर्थ्यो , घरको दायित्वले गर्दा धेरै खर्च पनि गर्न सक्दिन थिए’ उमेशले भने । तर मायाबाट उनि पनि कहाँ टाढिन सक्थे र , दिनको एक पटक भेट हुनै पर्ने । म केहि दिन काम बिशेषले पोखरामा थिइन् , त्यसबेला कवितालाई फिल भएछ उसले मलाइ कति माया गर्छिन भनेर । त्यसपछि उनलाई मसंग हुदा कसैको पर्वाह भएँन । ‘हामीमा माया त थियो तर ब्यक्त गर्नौ केवल आभाष गर्यौ । सायद त्यसैले अहिलेसम्म हामीमा उस्तै माया छ , व्यक्त गर्ने पर्दैन’उमेशले विवाहको बेला सहज नभएको पनि सम्झिए । उनि लगभग कलेज सकिने समयमा थिए , सयाद केहि परिक्षा मात्र बाकि थियो तर अचानक कविताबाट भागि विवाह गर्ने प्रस्ताव आयो । पहिला त उनले सोच्ने सकेनन तर कविताको कुरा काट्न नसक्ने भएकोले काठमाण्डौ आउने निर्णय सहित अगाडी बढे । उनि मात्र होइन , उनको साथीले पनि भागि विवाह गरेका छन् । ‘मेरा साथीहरु अहिले पोखरामै बस्छन , सुखी र खुशी छन्’ उमेशले पोखरा पुगेर साथि भएको समेत बताए । तर त्यो समय उनलाई सहज थिएन , न आफुसँग पैसा थियो नत जाने ठाउँ नै । किनकी उनि आफ्नो कारण परिवारलाई समस्यामा पार्न चाहन्थेनन् । उनि घर आए र त्यसपछी झन्डै २५ दिनसम्म विभिन्न ठाउमा लुके । ‘हामी भागेको २५ दिनपछि विवाह गरेका हौ , किनकी कविताको फ्यामिलीसंग लुक्नु थियो त्यसैले २५ दिनसम्म विभिन्न स्थानमा पुग्यौ’ उमेशले फिल्ममा भने केहि लिबर्टी लिएको खुलाए ।

विवाहपछी – ‘विवाहपछी समस्या झनै बढ्यो । किनकी मेरो बारेमा कवितालाई राम्रोसँग थाहा थिएँन , मेरो स्टाटसको बारेमा । तर उनले यसलाई लिएर कहिले केहि भनिनन् तर पनि मनमा कता कता भारि भने लाग्थ्यो ‘ उमेशले विवाहपछीका संघर्ष सुनाए । सुरुवात गरौ एउटा रमाइलो संयोगबाट । उमेशले विवाह त गरे तर उनलाई फर्केर जानु थियो , त्यहि पोखरा । उनको परिक्षा बाकी जसले गर्दा पनि उनि पोखरा पुग्ने पर्थ्यो । उनि जेठको पहिलोसाता पोखरा गए परिक्षा दिन । पहिला त उनलाई निकै डर लागेको थियो किनकी उनले भागि विवाह जो गरेका थिए । ‘डर त थियो नै तर त्यस्तो केहि भएँन , म परिक्ष दिएर फर्किए’ उमेश भने । उमेशले कवितासंग बिक्रम संवत २०५६ सालको बैशाख ३० गते बिबाह गरेका थिए । त्यो समयमा अन्तरजातीय विवाह सहज थिएन । तर ति बाधा अड्चनलाई चिर्दै उमेश अगाडी बढे । सुखमा हुर्किएकी कविताको जिम्मेवारीसँगै घर र समाजसँग लड्नु पर्यो उमेशले । त्यहि संघर्षकै क्रममा पूर्ण योजना अनुसार उनको पढ्ने स्वीकृति नर्वेबाट मिल्यो । अर्थात् उनको भिजा आयो र उनि नर्वे पुगे ।

नर्वेको संघर्ष – ‘म नर्वे गएपछि पढाइ र कामलाई अगाडी बढाए । दिनहरु सहज त थिएनन् तर भविष्य सोचेर मेहनत गर्थे । लाइब्रेरीमै बसेर पनि धेरै पढेको छु । म त्यहाँ पुगेको झन्डै दुई वर्षपछी कवितालाई पढ्नकै लागि नेपालबाट आउने व्यस्था मिलाए । त्यसपछी उनि आफ्नो कलेज , म आफ्नो कलेज । हाम्रो भेट नै विकेन्डमा मात्र हुन्थ्यो ‘ उमेशले नर्वे संघर्षलाई सम्झिए । उमेशले झन्डै संघर्षका दिन पार गर्न एक वर्ष लागेको बताउछन । संघर्षका दिन पार गर्दै गर्दा पनि एउटा संघर्ष अझै बाकी थियो । सम्पन्नतामा लम्किरहेपनि उनले कवितालाई अझै परिवारसँग भेटाउन सकेका थिएनन् । अर्थात् कविता अझै पनि माइत गएकी थिइनन् ।

कविताको काकासँगको भेट – उमेश आफ्नो परिवार सहित नेपाल आएका थिए ।’ त्यसबेला अचानक काकीसँग भेट भएपछी हामीलाई बोलाइयो । कविता अगाडी अनि एलिय्स र म पछाडी थियौ ‘ उमेशले काका भेट्दाको दिन सम्झिए । उनलाई काकाले सोधेको पहिलो प्रश्न अझै याद छ , जसले उनलाई जिम्मेवारी पनि बोध गराउछ । ‘मलाइ काकाले सोध्नु भयो , कति कमौछौ भनेर अनि मैले पनि केहि डिम्लोम्याट हुदै भने कवितालाई खुशीले राखेको छु’ उमेशले आफुले दिएको जवाफले आफुले जिम्मेवारी बोध गराउने बताउछन् । त्यसपछि उमेशको काकासँग खासै कुराकानी पनि भएको छैन । ‘काकासँग भेट हुन्छ मैले नमस्कार गर्छु , उहाले बाबु भन्नु हुन्छ ‘ उमेशले अहिले पनि काकासँग यहि नै कन्भर्सेसन हुने बताए । तर उनि खुसि छन् , फिल्मको झैँ लभ स्टोरीको फिल्मको झैँ मिलन पनि भयो ।

पछिल्लो समय उमेश आफ्नो नर्वेको संघर्ष र नर्वे पुग्नुको संयोगलाई पुस्तक मार्फत बाहिर ल्याउने तयारीमा छन् । उनि आफै पनि आफ्नो बाल्यकालको संघर्ष र नर्वेजियनसँगको भेटलाई संयोग नै मान्छन । तर आफ्नो बुवा आमाले आफुलाई सानोमा अंग्रेजी मध्यमकै स्कुलमा पढाएर यो लायक बनाएको बताउछन । उनको कथालाई नर्वेकै राइटरले पनि मन पराएका छन् । ‘मिल्यो भने फिल्म पनि बन्न सक्छ नत्र पुस्तक निकाल्ने लगभग सोची सकेको छु’ उमेशले योजना बताए । उमेशको पिता भने स्वर्गीय भइसकेका छन् , त्यसैले उनि फिल्म हेर्दा भावुक भएको बताउछन ।

कमेन्ट गर्नुहोस्