‘प्रेम गीत ३’ मा परिचित आर्टिस्टद्वारा स्वरांकन

0 Shares

फिल्म । अभिनेता प्रदीप खड्कालाई ‘प्रेम’ उपनाम मार्फत दर्शक माँझ परिचित गराउन सफल फिल्म ‘प्रेम गीत’ को तेस्रो सिरिज हिन्दी भाषामा रिलिज हुदैछ । नेपालीसँगै हिन्दी भाषामा पनि रिलिज हुने फिल्मको स्वरांकनको काम यतिबेला भारतमा भइरहेको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले फिल्मको स्वरांकन भारतका टप भ्वाइस आर्टिस्टसँग गराईरहेका छन् ।

फिल्मको स्वरांकन भारतको चर्चित स्टुडियो ‘रियल टच स्टुडियो’ मा भइरहेको हो । फिल्मको हिन्दी संस्करणमा प्रदीपलाई चर्चित डबिङ आर्टिस्ट सङ्केत माह्त्रेले आवाज दिएका छन् । सङ्केतले साउथ तथा हलिउडका फिल्मलाई हिन्दी भाषामा स्वर भर्ने गर्छन् । उनले साउथ स्टार अल्लु अर्जुन, थलपती विजय, महेश बाबु लगायतलाई हिन्दी आवाज दिने गरेका छन् । जसको फिल्महरु गोल्डमाइण्डको युट्युब च्यानलमा प्रसस्त पाइन्छ ।

यस्तै , फिल्मकी अर्की लिड क्यारेक्टर गीत अर्थात् क्रिस्टिना गुरुङलाई पूजा पन्जाबीले हिन्दी भाषामा स्वरांकन गरिरहेकी छिन् । पूजाले यसअघि साउथ स्टार काजल अग्रवाल, तमान्ना भाटियालगायतलाई आवाज दिएकी छन् । फिल्मका अर्का नायक मनिष राउतलाई चर्चित डबिङ आर्टिस्ट मनोज पाण्डेले आवाज दिएका छन् । मनोज ले साउथका थुप्रै कलाकारलाई हिन्दी आवाज दिने गरेका छन् । उनको आवाज फिल्म ‘बाहुबली’का भलालदेवमा निकै रुचाइएको थियो ।

जस्को आवाजमा धेरै ठुला ठुला साउथ फ़िल्म र हलियुड फिल्म हेर्दै आएको थिए आज उहाहरुको आवाज़ को माध्यम बाट अर्को बजार प्रवेश…

Posted by Santosh Sen on Friday, April 9, 2021

यस्तै फिल्ममा ‘केजिएफ’, ‘राउडी हिरो’ लगायत थुप्रै साउथ फिल्मका मुख्य अभिनेतालाई आवाज दिएका चर्चित डबिङ आर्टिस्ट सचिन गोलेले पनि आवाज दिएका छन् । यस अलवा फिल्म बाहुबलीमा राजमातालाई आवाज दिएकी मौसमले पनि आवाज दिएकी छन् । हिन्दी भाषामा फिल्म रिलिज हुँदा अभिनयमा जीवन भर्न सक्ने आवाज दिईएको सेनले बताए ।

फिल्मलाई सेनले छेतन गुरुङसँग मिलेर निर्देशन गरेका हुन् । यसमा सुनिल थापा, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराई लगायतको पनि अभिनय रहेको छ । फिल्म रिलिज भने टुङ्गो लागिसकेको छैन ।

कमेन्ट गर्नुहोस्