फिल्म । अभिनेतासँगै निर्माता हुँदै निर्देशक बनेका भुवन केसीले पछिल्लो फिल्मबाट आफ्नो एउटा रहर पुरा गरेका छन् । आफैले निर्माण गरेको फिल्ममा समेत उनले त्यो रहर पुरा गर्न सकेका थिएनन् । उनले आफ्ना नजिकका साथीभाईलाई ‘दोहोरो भूमिका’ अर्थात् डबल रोल निभाउन चाहेको बताउने गरेका थिए । तर , आफैले फिल्म निर्माण गर्दा पनि उनले त्यसलाई पुरा गर्न सकेका थिएनन् ।
उनको यो ईच्छा पछिल्लो फिल्म ‘मिस्टर नेपाली’ मा पुरा भएको छ । फिल्ममा उनि दोहोरो भूमिकामा छन् । केहि समय यता पर्दामा नदेखिएका भुवनलाई आफ्नो रहर बमोजिमको रोल अफर भएपछी फिल्म गर्न सहमति जनाएको बुझिएको छ । देव भुषालको निर्देशनमा तयार भएको फिल्म ‘मिस्टर नेपाली’को छायांकन समेत सकिएको छ ।
राजधानीमा आयोजित इण्ड क्ल्याप पार्टीमा फिल्म ४५ दिनमा सकिएको निर्माण पक्षले जनाएको छ । फिल्म पोष्ट प्रोडक्सनमा पुगेसँगै यसको रिलिज तिहार आसपासमा हुने जनाइएको छ । देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मको छायांकन नवलपरासी र काठमाण्डौमा गरिएको छ । उनको साथमा, रीमा विश्वकर्मा, बिष्णु सपाकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, रवि डंगोलको साथमा नव–कलाकार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ । यसमा प्रेमराज दाहालको लगानी छ । फिल्ममा हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन छ । यसमा विदेशमा रहेका नेपालीहरुको नेपालप्रतिको मायालाई झल्काउने कथा समेटिएको छ ।