किन अन्यौलमा छ ‘दासढुंगा २ ?’

49 Shares

फिल्म । केहि समय अगाडी निर्माण भइसकेपछी प्रदर्शन इजाजत नपाएपछी फिल्म ‘गाँजाबाजा’ चर्चामा आयो । चलचित्र विकास बोर्डका तात्कालिन अध्यक्ष राजकुमार राईले प्रदर्शन अधिकार नदिएको भन्दै निर्माण पक्षले विरोध गरे । पछि गाँजा माथिको चन्द्र विन्दु हटाउने सर्तमा फिल्म प्रदर्शनको अधिकार पायो । र , प्रदर्शन पनि भइसक्यो । यतिबेला पछिल्लो समय निकै चर्चामा छ ‘दासढुंगा’ को सिक्वेल ।

फिल्मले निर्माण इजाजत नै पाएको छैन । यसले गर्दा पछिल्लो समय चलचित्र विकास बोर्ड र यसका अध्यक्ष केशव भट्टराईको पनि आलोचना भइरहेको छ । निर्देशक कुमार भट्टराईले फिल्मले निर्माण नै इजाजत नपाएको भन्दै दुख व्यक्त गरेका छन् । यस विषयमा बोर्ड अध्यक्ष केशवले आफ्नो भनाइ बाहिर ल्याएका छन् । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दासढुंगा दुर्घटनामा आधारित भएर निर्माण हुने फिल्म भएकाले बोर्डले राय–सुझावका लागि फिल्मको कथासार मदन भण्डारी फाउन्डेसनलाई पठाएको छ ।

फिल्मले दासढुंगा हत्या हो कि दुर्घटना हो ? भन्ने प्रश्नलाई धेरै हदसम्म चिरफार गर्ने हुँदा मदन भण्डारी फाउन्डेसनले स्क्रिप्ट अध्ययन गरेपछि निर्माणका लागि इजाजत दिने अस्वीकृत गरेको चर्चा छ । तर, अहिलेसम्म बोर्डलाई फिल्मको निर्माण इजाजत दिने वा नदिने विषयमा फाउन्डेसनबाट कुनै पत्र नआएको विकास बोर्डका अध्यक्ष केशव भट्टराईले स्पष्ट पारेका छन् ।

‘यदी कसैको विषयमा फिल्म बनाइन्छ भने सम्बन्धित व्यक्ति वा उसको परिवारको अनुमति लिन आवश्यक हुन्छ वा हुदैन’ अध्यक्ष भट्टराई भन्छन् , ‘मैले सहजिकरणका लागि मदन भण्डारी फाउन्डेसनलाई ‘यस्तो कथासार आएको छ योमाथि फिल्म बनाउन दिने कि नदिने’ भनेर लिखित रुपमा पत्र पठाएको छु । त्यहाँबाट कुनै जवाफ आएको छैन ।’

अध्यक्ष भट्टराईले फिल्मको कथा पढेपछि आफुलाई मदन भण्डारी फाउन्डेसनको राय जरुरि लागेकोले पत्राचार गरेको बताए । ‘पछी निर्माण आउने अवस्थालाई अहिले नै सल्टाउन खोहेको हुँ’ अध्यक्ष भट्टराई भन्छन् ‘फाउन्डेसनको स्वीकृति विना फिल्म इजाजत कसरि दिने ?’‘दासढुंगा २’ को निर्माण अपिल विष्टले गर्दैछन् । यो फिल्मको पहिलो श्रृृंखला सन् २०१० मा प्रदर्शनमा आएको थियो, जसलाई मनोज पण्डितले निर्देशन गरेका थिए ।

Facebook Comments