‘पुतली बनी’ सार्वजनिक

सङ्गीत । पूर्वमुख्य सचिव केशवराज राजभण्डारीको शब्द रचना रहेको गीत ‘पुतली बनी’ सार्वजनिक गरिएको छ । गीतमा शुभबहादुर सुनामको संगीत तथा संगीता शाक्यको स्वर रहेको छ ।

भिडियोमा निशा कार्की, अमन श्रेष्ठ, सचिना अर्याल, विवेक ठाकुर, डा. सचिन झा लगायतको अभिनय रहेको छ । जनक खड्काले छायांकन तथा निर्देशन गर्नुभएको गीतमा प्रेमीसँगको बिछोडलाई प्रस्तुत गरिएको छ । गीतमा नहकुल खड्काको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्