फिल्म । गत दसैँमा नेपाल प्रदर्शन भएको फिल्म ‘ज्वाइँ साब’ भारतका विभिन्न हलमा प्रदर्शन भइरहेको छ । डेनजोङ सिनेमा सिक्किम, द फेन्टासी सिनेमा वेस्ट बंगाल, विराज सिनेमा सिक्किम, एसभीएफ सिनेमा दार्जिलिङ, सविन किङडम सिलगुडी, ड्रिम थिएटर कालिङपोङ र इम्पेरियल थिएटर निामची सिक्किममा ‘ज्वाइँ साब’ प्रदर्शन भइरहेको निर्देशक वसन्त निरौलाले जानकारी दिए ।
‘केही समयको प्रयासपछि हामीले भारतमा फिल्म प्रदर्शन गर्न सक्षम भएका छौँ । यो हामीसँगै फिल्मकर्मीको सफलता हो, यसले आगामी दिनमा अन्य फिल्मलाई त्यहाँ पुग्न प्रेरणा दिनुका साथै पथ निर्माण गर्छ’, निर्देशक निरौलाले भने ।
नेपालीभाषी रहेका ठाउँमा ‘ज्वाइँ साब’ रिलिज भएको हो । दिल्ली, सुरत, मुम्बई, अहमदाबाद, हैदराबाद, देहरादुन, मोहली, चण्डीगढ, चेन्नेइ र गोवाहटीमा ‘ज्वाइँ साब’ रिलिज हुन बाँकी रहेको निर्देशक निरौलाले बताए । भारतका लागि निर्माता सुरेश आग्री र श्री दुन्दिर इन्टरटेनमेन्टको व्यानरमा यो चलचित्र प्रदर्शन भइरहेको हो ।
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्रमा जितु नेपाल, नीती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।










