सुशीलको जन्मोत्सवमा ‘रणवीर’ को दोस्रो ट्रेलर (भिडियो)

फिल्म । यहि शुक्रबारबाट फिल्म ‘रणवीर’ प्रदर्शनमा आउदैछ । फिल्म रिलिजको लागि झन्डै दुई दिन बाकि रहदा निर्माण पक्षले फिल्मको दोस्रो ट्रेलरलाई तयार गरेको छ । फिल्मका रणवीर अर्थात् सुशील सिटौलाको जन्मोत्सवको अवसर पारेर फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । पहिलो ट्रेलरमा रिभेन्ज मुडमा देखिएका सुशील यसमा भने रोमान्टिक अवतारमा प्रस्तुत छन् ।

दुई डेब्यु गर्ल सुवेक्षा खड्का र सुपुष्पा भट्टसँगको उनको प्रेम लाइफलाई यसमा चित्रण गरिएको छ । ट्रेलरमा अभिनेता सुशील सिटौला अघिल्ला फिल्मको तुलनामा फरक देखिएका छन् । सुशीलसँगै प्रशान्त ताम्राकार पनि सशक्त रुपमा देखिएका छन् । सुशील र प्रसान्त बीचको टकरावनै ट्रेलरमा मुख्य रुपमा चित्रण गरिएको छ । ट्रेलरमा टिका पहाडी , नरेश पौडेल , रवी गिरी , भोलाराज सापकोटा र हरिहर शर्मा पनि उस्तै दमदार रुपमा देखिएका छन् ।

फिल्ममा जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

कमेन्ट गर्नुहोस्