टीआरपीमा कपिल अगाडी

टेलिभिजन । गत वर्षको अन्त्यबाट कमेडियन कपिल शर्माले आफ्नो शो ‘द कपिल शर्मा’ मार्फत कमब्याक गरेका छन् । केहि समय यता बन्द रहेको शो लाई सलमान खानले निर्माण गरेपछि कपिल टिभीमा ब्याक भएका हुन् । सलमानकै कारण सोनी टेलिभिजनले शो लाइ पहिलेकै समयमा प्रशारण गरिरहेको छ । शो लाइ कपिलले ‘सिम्बा’ टिम मार्फत सुरुवात गरेका थिए ।

रणवीर सिंह , रोहित शेट्टी र सारा अलि खान मार्फत सुरु भएको शो मा दोस्रो पाहुना खान फ्यामिली भए । सलिम खान , सलमान खान , अरबाज खान र सोहेल खान पाहुना बनेर शो मा आएपछि यसको टीआरपी बढेको छ । अर्थात् शो ले टीआरपी लिस्टमा दोस्रो नम्बरमा स्थान बनाएको छ । आफ्नै कारणले शो लाई बन्द हुने अवस्थामा पुर्याएका कपिलले पाएको सफलताले हर्षित भएको प्रतिक्रिया दिएकाछन् ।

कमेन्ट गर्नुहोस्