संगीत । प्रेममा असफल युवाको कथालाई समेटेर नयाँ गीत ‘प्रेम गर्ने जन्तर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नाजिर हुसेन र सरुसा महर्जन फिचर्ड छन् । लोक पप शैलीको गीतलाई दीपक महर्जनले गाएका हुन् । यसमा शब्द र संगीत किरण पहाडीले गरेका छन् ।
भिडियोमा नाजिरको प्रेम प्रस्तावका लागि शब्द र संगीतको सिर्जना किरण पहाडीले गरेका छन् । नाजिरको भावलाइ स्वरको स्वरूप दीपक महर्जनले दिएका हुन् । कोरियोग्राफी महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारको छ । रोशन श्रेष्ठको निर्देशनमा तयार भएको गीतलाई हरि घले मगरले खिचेका हुन् भने सम्पादन सुरेश बाडेले गरेका छन् ।
कमेन्ट गर्नुहोस्










