दयाहाङ र रिश्मालाई लिएर ‘रिमै’ बनाउदै उपेन्द्र

फिल्म । अभिनेता दयाहाङ राई र रिश्मा गुरुङ एकपटक फेरि साथमा देखिने भएका छन् । गोरख सिरानचोक एन्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा बन्ने फिल्म ‘रिमै’मा उनीहरुको जोडी बाँधिन लागेको हो । फिल्ममा दुवै अनुबन्ध भैसकेका छन् । ‘मन्त्र’ निर्देशक खिल बहादुर गुरुङ्गको निर्देशनमा बन्न लागेको फिल्ममा ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन छ ।

फिल्ममा दयाहाङ र रिश्माका साथै वीरबल घलेको पनि अभिनय रहनेछ । निर्देशक गुरुङ र वीरबल घलेको कथा रहेको फिल्मको कार्यकारी निर्मातामा वीरबल घले, निर्माताहरुमा टीका गुरुङ्ग (यूके), प्रकाश गुरुङ्ग (यूके), जित यात्री गुरुङ्ग (नर्वे) र सचि कुमारी घले छन् । सह-निर्मातामा दुन बहादुर घले, हेमा गुरुङ्ग र विजय लामा छन् । आगामी चैतदेखि फिल्मको छायांकन सुरु गरिँदैछ ।

‘कबड्डी’को दुई श्रृंखला दयाहाङ र रिश्माकै वरिपरि घुमेको थियो । उनीहरुको नोकझोंक दर्शकलाई निकै मन परेको थियो । तेस्रो श्रृंखलामा भने रिश्मा अतिथि भूमिकामा सीमित भएकी थिइन् । यो जोडीलाई पुनः एकसाथ पर्दामा हेर्ने दर्शकहरुको चाहना अब ‘रिमै’मा पूरा हुने भएको छ । हाल रिश्मा श्रीमानको साथमा अमेरिकामा बस्दै आएकी छिन् । यो उनको कमब्याक फिल्म हुनेछ ।

कमेन्ट गर्नुहोस्