फिल्म । असोज ३ रिलिज डेट पोस्टपोण्ड गरेको फिल्म ‘लभ डायरिज’ले नयाँ प्रदर्शन मिति छनोट गरेको छ । छठ पर्व लक्षित गर्दै निर्माण टिमले कार्तिक १५ लाई रिलिज तोकेको हो ।
सुशील श्रेष्ठ स्टारर फिल्मले अब कार्तिक १६ मा छठपर्वलाई लक्षित गर्दै दर्शक माँझ आउने निर्णय गरेको हो । एक दिने विदा खानेछ । सौरभ चौधरी निर्देशित फिल्ममा समावेश एक रोमान्टिक गीत पनि सार्वजनिक भैसकेको छ । भिजिट नेपाल २०२० लाई प्रमोट गर्ने उक्त गीतले तारिफ पनि बटुलेको थियो ।
प्रेमकथानक यस फिल्ममा सुशीलसँग डेब्यु गर्ल रुबिना थापाले जोडी बाँधेकी छन् । रोमान्टिक गीत यी दुईको केमेस्ट्री सुहाएको छ । फिल्ममा विश्वजित रिमालको पनि मुख्य भूमिका छ । मधु बास्तोलाको कथा/पटकथा रहेको फिल्ममा सम्पादक साहिल खानले सह-निर्देशकको काम सम्हालेका छन् । विनोद सापकोटा निर्माता रहेको फिल्ममा सरोज तुलाधरको सह-निर्माण छ ।












