फिल्म । पछिल्लो समय भारत समस्या ‘एसिड अट्याक’ पनि हो । यसकै कारण कयौंले ज्यान समेत गुमाउनु परेको छ भने केहिले आत्मबल समेटेर अगाडी बढेका छन् । यसै क्रममा बलिउडकी इस्युमा काम गर्ने निर्देशक मेघना गुल्जारले ‘छपाक’ फिल्म निर्देशन गरेकी छिन् । एसिड अट्याकमा परेकी लक्ष्मी अग्रवालको कथामा निर्मित फिल्ममा दीपिका पादुकोण लिड रोलमा छिन् । उनले लक्ष्मीको भूमिका निर्वाह गरेकी छिन् । तलवार र राजी निर्देशन गरेर आफुलाई प्रमाणित गरेकी मेघनाले फिल्मको ट्रेलर मार्फत चर्चा बतुलिरहेकी छिन् । तर , रिलिजको समयमा फिल्म विवादमा फसेको छ ।
लक्ष्मीकि वकिल अर्पना भट्टले फिल्म हेरेपछि विरोध जनाएकी छिन् । उनले सामाजीक सञ्जाल फिल्मका मेकरले आफुलाई उचित क्रेडिट नदिएको भन्दै विरोध गरेकी छिन् । फिल्म निर्माण प्रक्रियामा उनले सघाएको तर निर्माण टिमले उचित क्रेडिट नदिएको गुनासो उनको छ । ‘मैले लक्ष्मीको लागि फ्रीमा केस लडे अब मेरो लागि को लड्छ ?’ प्रश्न खडा गर्दै उनले फिल्म रिलिज रोक्नु पर्ने मांग समेत गरेकी छिन् । उनले आफु चुप लागेर नबस्ने र न्यायको लागि लड्ने बताएकी छिन् । यद्दपी फिल्म भने शुक्रबारबाट प्रदर्शनमा आउदैछ । (एजेन्सी)











