फिल्म । अभिनेता अनमोल केसी अभिनित फिल्म ‘जेरी अन टप’ ले प्रदर्शनको पहिलो दुई दिनमै बक्सअफिसमा सुखद व्यापार गरेको छ । बक्सअफिसको प्राप्त विवरणअनुसार फिल्मले शुक्रबार (पहिलो दिन) ७२ लाख ५९ हजार ४०८ रुपैयाँ ग्रस कमाइ गरेको थियो । शनिबार (दोस्रो दिन) फिल्मको कमाइमा थप उछाल आउँदै ८६ लाख ३८ हजार २१० रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
यससँगै, ‘जेरी अन टप’ को दुई दिनको कुल ग्रस कलेक्सन १ करोड ५८ लाख ९७ हजार ६१८ रुपैयाँ पुगेको छ । पहिलो दिन २६० शोजसहित प्रदर्शनमा आएको फिल्मलाई २१ हजार २९४ जना दर्शकले हेरेका थिए । शनिबार २८५ शोजमा प्रदर्शन भएको फिल्म हेर्ने दर्शकको सङ्ख्या २६ हजार ४३३ पुग्यो । यसरी, दुई दिनमा कुल ४७ हजार ७२७ जना दर्शकले फिल्म हेरेका छन् ।
कमेन्ट गर्नुहोस्










