रहेनन् निर्देशक सुब्बा

फिल्म। लेखक÷निर्देशक प्रताप सुब्बाको ७६ वर्षको उमेरमा सिलगुडीस्थित प्यारामाउन्ट हस्पिटलमा निधन भएको छ। उहाँको निधन बिहीबार १२ बजे निधन भएको हो। गुरुप्रसाद मैनालीको कथामा आधारित‘परालको आगो’ मार्फत निर्देशकीय यात्रा सुरू गर्नुभएका निर्देशक सुब्बाले ‘मसाल’ ‘बाँच्न चाहाने’, ‘कहीँ अँध्यारो कहीँ उज्यालो’ लगायतका चलचित्र निर्देशन गर्नुभएको छ। चलचित्र अगाडी नेपाल र भारत दुवैतिर एकदमै चर्चित रहेको नाटक ‘रातको एक प्रहर’को निर्देशन गर्नुभएको थियो । ‘मसाल’ चलचित्रमार्फत सुनिल थापा र डेनी डेङ्जोपालाई स्थापित गर्ने निर्देशक सुब्बा ‘कहीँ अँध्यारो कहीँ उज्यालो’ हल प्रदर्शनमा लफडा परेपछि दार्जिलिङबाट नेपाल आउनु भएको थियो। उहाँले नेपालमा केही समय टेलीशृंखला र विज्ञापनमा काम गरेपछि ‘बन्द पर्दाभित्र’, ‘दिदी’,‘चटयाङ’ र ‘भीष्म प्रतीज्ञा’ लगायतका चलचित्र निर्देशन गर्नुभयो। अभिनेता नीर शाहका अनुसार पहिलो पटक अभिनय गराउने निर्देशक सुब्बाले नै खलनायकको भूमिकामा ‘भीष्म प्रतीज्ञा’ प्रस्तुत गर्नुभयो।
कमेन्ट गर्नुहोस्