फिल्म । पछिल्लो समय निर्देशक रोहित शेट्टी ‘सिम्बा’ सफलताबाट हौसिएका छन् । उनको फिल्मलाई राम्रो दर्शक प्रतिक्रियासँगै बक्सअफिस कलेक्सन पनि प्राप्त भएको छ । यसै कारणले उनको हरेक गतिविधिले मिडियामा उत्तिकै स्थान पाउने गर्छन । यिनै रोहितले नयाँ फिल्म अक्षय कुमारसँग मिलेर दर्शकसामु ल्याउँदैछन् जसको नाम सूर्यवंशी रहेको छ । फिल्ममा अक्षय कुमार पोलिसको भूमिकामा छन् , जसको पुष्टि भैसकेको छ ।
यसै फिल्मको फस्टलुक र रिलिज डेट पनि घोषणा भएको छ । दर्शकले अक्षयलाई वीर सूर्यवंशीको भूमिकामा भने सन् २०२० को इदमा हेर्न पाउनेछन् । अक्षयले आफ्नो सोसल मिडिया मार्फत फस्टलुक सार्वजनिक गर्दै रिलिज डेट पनि घोषणा गरेका छन् । यस डेटमा सलमानको फिल्म पनि प्रदर्शनमा आउने सम्भावना रहेको छ । अर्थात् आउँदो वर्ष सन् २०२० को इदमा सलमान र अक्षय एक आपसमा भिड्ने सम्भावना रहेको छ । पछिल्लो समय अक्षय सोसल ड्रामाका फिल्ममा आइरहेका छन् , यसैले गर्दा पनि सिम्बा खिलाडी एक्टर अक्षयको फ्यानका लागि ‘सूर्यवंशी’ को टिजर हुन्सक्छ । अक्षयले रोहितसंग सन् २०१९ को अप्रिलबाट एक्सन इन्टरटेनमेन्ट फिल्म ‘सूर्यवंशी’ को शुटिङ सुरु गर्नेछन् ।
A bullet for a bullet! Get ready for #RohitShetty’s #Sooryavanshi 🔥 on Eid 2020. Action-packed, masala intact! @karanjohar @RelianceEnt @RSPicturez @DharmaMovies #CapeOfGoodFilms pic.twitter.com/wM2G3Vx1IO
— Akshay Kumar (@akshaykumar) March 5, 2019










