‘पिरतीको गुन्द्री’ सार्वजनिक (भिडियो)

संगीत । कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । राजधानीमा एक अन्तरक्रिया गर्दै सार्वजनिक गरिएको ‘पिरतीको गुन्द्री’ बोलको गीतको भिडियोमा सरोज र आश्मालाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । भिडियोको सोच तथा निर्देशन युवराज वाइवाको रहेको छ । कार्यक्रममा सरोज र आश्मा सहित निर्देशक वाइवा, संगीतकार दिपकराज विश्वकर्मा, गायक डेविड शंकर, रचनाकार विष्णु बिरही श्रेष्ठ उपस्थित थिए । गायिका विनी श्रेष्ठ भने बिदेशमा बस्दै आइरहेकी छिन् । कार्यक्रममा पिरतीको गुन्द्री समुहले गीत र भिडियोलाई दर्शकले मन पराउने विश्वास राखे ।

कमेन्ट गर्नुहोस्