‘१४ अञ्चल ससुराल’ मा पल र सारा (भिडियो)

संगीत । पछिल्लो समय फिल्मकर्मी नयाँ जोडीको खोजीमा छन् । पर्दा रोमान्स गरिसकेका जोडीलाई प्राय नदोहोर्याउने मनसाय फिल्मकर्मीको हुने गर्छ । तर , केहिले बाध्यताले नै जोडीलाई दोहोर्याउने गरेका छन् । तर दर्शक र फिल्मकर्मी प्राय नयाँ जोडीकै खोजिमा हुने गर्छ । पछिल्लो समय सार्वजनिक ‘१४ अञ्चल ससुराल’ बोलको गीतमा पल शाह र सारा श्रीपाईलीको जोडी देखिएका छन् ।

म्युजिक भिडियोमा संवत पहिलो पटक देखिएको यो जोडीले फिल्ममा पनि आफ्नो सम्भावना देखाएका छन् । पछिल्लो समय पल फिल्ममा पनि उत्तिकै व्यस्त छन् भने सारालाई सम्भावना बोकेको नायिकाको रुपमा हेरिएको छ । गीतमा गायक खुमन अधिकारीको स्वर रहेको गीतमा अराज केशवले र्‍याप हानेका छन् । गीतमा शब्द तथा संगीत माधव न्यौपानेको छ ।

चलनचल्तीको गीत भन्दा केहि लामो लाग्ने गीतमा पल र सारासँगै अराज केशवले पनि नृत्य गरेका छन् । बिक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा पछिल्लो समय चर्चामा रहेको अशिक र निरजको समलिंगी जोडी समेत रहेको छ भने गीतमा भनिएअनुसार नै विदेशी युवतीलाई पनि देख्न सकिन्छ । भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने सुप्रिम पराजुली भिडियो सम्पादक हुन् ।

कमेन्ट गर्नुहोस्