फिल्म । बलिउड अभिनेत्री वाणी कपूरको समय राम्रो हुदैछ । डेब्यु फिल्म ‘बेफिक्रे’ पछी लामो समय ब्रेकमा बस्नु परेकी वाणीले यशराज फिल्म्सकै अर्को फिल्म ‘वार’ मा काम गर्ने अवसर पाइन् । भूमिका समामान्य र छोटो भएपनि उनको चर्चा भयो । फिल्ममा उनि लिड फिमेल कास्ट थिइन् । यससंगै वाणीको समय फिरेको छ ।
दोस्रो फिल्मको लागि लामो समय पर्खेकी वाणीले हालै अक्षय कुमारसँग फिल्म ‘बेल बटम’ मा काम गरिन् । उक्त फिल्मको छायांकन बेलायतको विभिन्न स्थानमा सकिएको छ । यसपछि उनले आयुष्मान खुरानासँग काम गर्दैछिन् । अभिषेक कपूरको निर्देशनमा तयार हुने फिल्ममा उनि लिड फिमेल छिन् । उनि छायांकनको लागि चण्डिगढतर्फ लागेकी छन्। उनि त्यहाँ क्वारेन्टाइनमा रहेर कोभिड १९ टेस्ट गराएपछी सेट ज्वाइन गर्नेछिन् ।
‘रक अन र केदारनाथ’जस्ता क्लासिक फिल्मको निर्देशन गरिसकेका अभिषेकले आयुष्मान र वाणीलाई लिएर लभ स्टोरी बनाउन लागेका हुन् । यसलाई प्रोग्रेसिभ लभ स्टोरी फिल्म बताइएको छ । (एजेन्सी)












