प्रसाद : समाजकै एउटा कथा

फिल्म । पछिल्लो समय ‘लै लै’ गीत चर्चामा छ । फिल्म ‘प्रसाद’ मा समावेश यस गीतलाई दर्शकले रुचाएका छन् । यति मात्र होइन कास्टकै कारण चर्चामा आएको फिल्मको पहिलो सार्वजनिक प्रचार सामाग्रीले दर्शक ध्यान पनि खिच्न सफल भयो । यसपछि सार्वजनिक सामाग्रीले यसको हाइप बढाईरहेको छ । फिल्मले एक किसिमको दर्शकमा आफुलाई प्रतिक्षित बनाइरहेको छ । यसका निर्देशक पनि फिल्मको चर्चाले आफुलाई उत्साहित बनाएको बताउछन् । निर्देशक दिनेश राउत भने आफुले कमर्सियल आश राखेर फिल्म नबाउने गरेको बताउछन ।

‘मलाइ सुशीलजी (लेखक) को आइडिया मन पर्यो त्यसैले यसमा काम गर्यौ’ निर्देशक राउत भन्छन ‘फिल्मले हाम्रै समाजको एउटा पाटोलाई चित्रण गर्नेछ ।’ रंग पत्रकार सुशील पौडेलको खेल्न रहेको फिल्ममा विपिन कार्की , नम्रता श्रेष्ठ र निश्चल बस्नेतको अभिनय रहेको छ । फिल्म कास्टका कारण त चर्चामा छ नै साथै कन्टेनका कारण पनि यसले चर्चा पाउदैछ । फिल्मका लेखकलाई भने यो कन्सेप्ट स्कुले जीवनमै फुरेको रहेछ । ‘म कक्षा ९ या १० तीर हुदा यो कन्सेप्ट आएको थियो तर त्यसबेला मैले यस विषयमा खुलेर कुरा पनि गर्न सक्दिन थिए’ उनले भने ‘यतिबेला यसमा फिल्म नै तयार गरेका छौ ।’

नि:सन्तान दम्पतिको भोगाइ र सामाजिक वातावरणलाई फिल्ममा प्रस्तुत गरिएको छ । फिल्ममा विपिनले गाउले भूमिका निर्वाह गरेका छन् । ‘फिल्ममा म गाउले भूमिकामा छु’ विपिन भन्छन ‘मलाइ क्यारेक्टर मन परेर यसमा जोडिएको हु ।’ उनले आफुले पाएको भूमिकालाई न्याय गरेको समेत बताए । यसैगरी निश्चल पनि आफ्नो क्यारेक्टरले फिल्मको महत्वपूर्ण पाटोलाई सम्हालेको बताए । ‘अघिल्ला फिल्ममा म हल्का फूलका थिए तर यसमा भने मैले पाएको अवसरलाई पूर्ण सदुपयोग गरेको छु’ निश्चल आफुले अभिनय गर्दा चुनौती थपिएको बताए । नम्रता फिल्मको क्यारेक्टरले दर्शकको मन जित्ने बताउछिन । ‘मलाइ लभस्टोरी मात्र होइन फरक भूमिकामा आउने सल्लाह दर्शकबाट आइरहेको हुन्छ’ उनले भनिन् ‘यसले दर्शकको मन जित्छ ।’मंसिर २१ गतेबाट प्रदर्शनमा आउने ‘प्रसाद’ सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा लोकेश बज्रचार्यको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्