फिल्म । फिल्म सिनेमा ‘फेरि रेशम फिलिली’को छायांकन सुरु भएको छ । निर्माणपक्षले शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको निर्माता रौनकबिक्रम कडेलले जानकारी दिए । सिनेमानको लेखन तथा निर्देशन निरोज महर्जनले गर्दैछन् । सिनेमामा विनय श्रेष्ठ, कामेश्वर चौरसिया, सुपुष्पा भट्ट, नीर शाह, रवीन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी, एलनराज उप्रेतीलगायत कालाकारको अभिनय रहनेछ ।
रौनक विक्रम कडेल निर्माता रहेको सिनेमामा कार्यकारी निर्माता सुरज बम ठकुरी छन् । सह-निर्माता एनी थापा हुन् । सिनेमा आर्टसको प्रस्तुति रहने सिनेमा दि मोसन पिक्चर्सको सहकार्यमा बन्न लागे हो । सुजन प्रजापतिको छायांकन रहने सिनेमा सम्पादन सुरेन्द्र पौडेलले गर्नेछन् । पटकथा निरोज महर्जन र आकाश बरालको छ । संगीत कालीप्रसाद बास्कोटा, एसीडी योगी, हर्क साउद, कल्याण सिंह, जयन वाइवा र दीपक शर्माको छ ।










