नियंकालाई आशिर्वाद दिन पुग्नेछन् मोदी

बलिउड । बलिउडमा यतिबेला विवाहको माहोल छ । एकपछि अर्को विवाह भईरहेको छ , रणवीर सिंह र दीपिका पादुकोणको विवाहको चर्चा नसकिदै प्रियंका चोपडा र निक जोनसको विवाहको चर्चा बढ्दो छ । जोधपुरमा विवाहको विधि सुरु भईसकेको जोडीलाई आशिर्वाद दिनको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोडी पुग्ने भएका छन् । भारतीय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने प्रधानमन्त्री मोदी नियंकाको रिसेप्सन पार्टीमा सहभागी हुनेछन । यसअघि विराट कोहली र अनुष्का शर्मालाई आशिर्वाद दिन पुगेका मोदीले नियंकालाई आउने वाचा गरिसकेका छन् ।

तर विवाहमा सहभागी हुन् बलिउडकर्मीलाई योजोडीले निम्तो गरेका छैनन् । विवाहमा बलिउड सेलेब्सलाई देख्न नपाइने भएको छ ।अर्थात् प्रियंका र निकको विवाहमा सेलेब्स देखिनेछैनन् तर रिसेप्सनमा भने बि-टाउनको उपस्थिति रहनेछ । विवाहमा यी दुईको फ्याम्लीलाई मात्र निमन्त्रणा गरिएको छ । प्रियंकाकी बहिनि परिनिती चोपडाले मात्र बि-टाउनको उपस्थीति जनाउनेछिन । केहि समय यता यी दुई प्रेममा थिए । निक प्रियंका भन्दा झन्डै १० वर्ष कान्छा हुन् । निक र प्रियंकाले विवाह दुई परम्परा अनुसार गर्ने भएका छन् ।

कमेन्ट गर्नुहोस्