नेपाल आउँदै विवेक

फिल्म । बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउने भएका छन् । उनी स-परिवार नेपाल घुमघाम गर्न आउन लागेका हुन् । डिसेम्बर १४ मा परिवारसहित नेपाल आउने विवेकले सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौँको पशुपतिनाथ लगायतका अन्य ठाउँको भ्रमण गर्ने तालिका रहेको छ । व्यवसायी पूनम यादवको निम्तामा विवेक नेपाल आउन लागेका हुन् ।

व्यावसायसँगै नेपाली फिल्मसँग समेत नजिक रहेकी पुनमको अनुसार विवेक नेपाल आउने कुरामा उत्साहीत छन् । ‘विवेक लगभग एकहप्ता नेपाल बस्नुहुनेछ । घुमघामसँगै केही कार्यक्रममा समेत उहाँको सहभागिता रहनेछ’, पुनमले भनिन् । फिल्मसँगै विवेक पछिल्लो समय ओटीटीमा समेत अभिनय गरिरहेका छन् । उनले अभिनय गरेको पछिल्लो सब सिरिज ‘धरावी बैंक’ अहिले ओटीटीमा चर्चामा छ ।

कमेन्ट गर्नुहोस्