प्रिमियरमा रूचाइयो ‘तिम्रो मेरो साथ’

फिल्म। चितवनमा गरिएको फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियर पश्चात सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । माघे संक्रान्तिको छेकोमा पुस २९ गते शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्मलाई हेर्न पुगेका मोफसलका दर्शकले उत्कृष्ट प्रतिक्रिया दिए । साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेको फिल्मको प्रिमियर लक्की मिडिया हाउसद्वारा आयोजना गरिएको थियो । चितवन सिनेप्लेक्समा आयोजित प्रिमियरमा चितवन महानगरपालिकाकी मेयर रेणु दाहालसमेत दर्शक बनिन् । उनले फिल्म हेरेपछि राम्रो लागेको प्रतिक्रिया दिईन् । प्रिमियरमा प्राप्त प्रतिक्रियाले निर्माण पक्ष उत्साहित बनेको छ ।

प्रिमियर अगावै फिल्म टिम आयोजित महोत्सवमा समेत सहभागी भएको थियो । दर्शकसँग प्रत्यक्ष रूपमा साक्षात्कार गर्दा फिल्म युनिट हर्षित थिएँ । रमेश एमके पौडेलको निर्माण तथा निर्देशन रहेको फिल्ममा इमिली लामा, सरोज खनाल, खड्का बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

सबिर श्रेष्ठको कार्यकारी निर्माण र लेखन रहेको फिल्ममा शिव ढकालले छायांकन, सुवाष भुषाल/योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन छ ।निर्देशक पौडेल कै निर्माण रहेको फिल्ममा पासाङ लामा, अर्नव पौडेल, आर्यन पौडेलको निर्माण र नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल, सुधिर पराजुलीको सहनिर्माण छ ।

कमेन्ट गर्नुहोस्