४ करोड नजिक ‘अवतार : फायर एन्ड यश’

फिल्म । जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : फायर एन्ड यश’ ले नेपाली बक्सअफिसमा सन्तोषजनक व्यापार गरिरहेको छ । ‘सिनेपाः बक्सअफिस’ मा रहेको तथ्यांकअनुसार बिहीबारसम्म फिल्मले नेपालमा ३ करोड ८४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । क्रिसमस तथा आगामी सप्ताहन्तलाई लक्षित गर्दै फिल्मको कमाइ अझै बढ्ने अपेक्षा गरिएको छ ।

व्यापारिक अवस्थालाई हेर्दा ‘अवतार : फायर एन्ड यश’ ले छिट्टै ४ करोड रुपैयाँको आँकडा पार गर्ने अनुमान गरिएको छ । १ सय ९७ मिनेटको लामो रनटाइम र मिश्रित समीक्षाका बाबजुद पनि फिल्मले दर्शकको उल्लेखनीय उपस्थिति कायम राख्न सफल भएको छ ।

जेम्स क्यामरुनद्वारा निर्देशित यो फिल्मले काल्पनिक पाण्डोरा ग्रहको कथालाई निरन्तरता दिन्छ । विज्ञान कथामा आधारित यो फिल्मको तेस्रो श्रृंखलाले पाण्डोराका दुई आदिवासी जाति र ज्वालामुखीको चित्रण गरेको छ । फिल्ममा स्याम वर्थिङ्टन (जेक सुली), जो सल्डाना (नेतिरी), सिगोर्नी वीभर (किरी), उना च्याप्लिन र स्टिफन ल्याङ (कर्णेल क्वारिच) लगायतका कलाकारहरू छन् ।

‘अवतार’ को पहिलो र दोस्रो श्रृंखला विश्व फिल्म इतिहासमा सर्वाधिक कमाउने शीर्ष ५ मा पर्छन् । यो तेस्रो श्रृंखला फ्रेन्चाइजीको अन्तिम हुने बताइएको छ ।फिल्महरूले समाज, संस्कृति र व्यक्तिमा गहिरो प्रभाव पार्छन् । ‘अवतार’ जस्ता फिल्मले पर्यावरण संरक्षण, सांस्कृतिक विविधता र प्राविधिक नवप्रवर्तनलाई विश्वमाझ प्रस्तुत गर्दै सामाजिक जागरूकता फैलाउँछन् ।

कमेन्ट गर्नुहोस्