संगीत । गीतकार जनक रावलको लोक प्याट्रनको डान्सिङ गीत ‘सिमसिमे पानी पर्यो…’ सार्वजनिक भएको छ । किरण माइकल घिमिरेको सङ्गीतमा रहेको गीतमा रुपक डोटेल र शसिका राईको स्वर रहेको छ । यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बालापनको कथा बोकेको छ । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ ।
गीतको भिडियोमा बालापनको अभिनयमा निश्चल रावल र निकिशा बिमलीलाई प्रस्तुत गरिएको छ भने तिनैं बाल बालिकाको युवाअवस्थाको प्रस्तुतिमा रमेशचन्द सोडारी र रोली तामाङ लाई फिचरिङ गरिएको छ । नारायण रिजालको कोरियोग्राफी रहेको गीतको भिडियोमा कन्सेप्ट र क्रियशन गीतकार स्वयंको रहेको छ । सुरज लामिछानेको मुख्य सहायक निर्देशन रहेको भिडियोमा सुरेश बज्राचार्यको छायाँकन र मित्रदेव गुरुङको सम्पादन छ ।
कमेन्ट गर्नुहोस्










