सन् २०२२ मा ब्ल्याक प्यान्थरको सिक्वेल

फिल्म । ब्ल्याक प्यान्थरको सिक्वेल सन् २०२२ मे ६ गते प्रदर्शनीमा आउने भएको छ । निर्देशक रायन कुगलरले उक्त फिल्मको मिति तेकेका हुन् तर फिल्मका बारे अन्य जानकारी भने सार्वजनिक भएको छैन । सुपरहिरो ब्ल्याक प्यान्थरको सिक्वेल पहिलेको भन्दा बढी रोमाञ्चक र साहसिक हुने मार्भल स्टुडियोले जनाएको छ ।

फिल्म प्रदर्शनीका लागि आवस्यक मिति लिएर बनाइरहेको मार्भल स्टुडियोका प्रमुख केभिन फिजले बताए । पहिलो फिल्मले ओस्करको उपाधि पाएको सफलतापछि त्यसलाई निरन्तरता दिन लागिएको हो । यो फिल्मले तीन वटा ओस्करको उपाधि हासिल गरेको थियो भने तीन विधामा नोमिनिमा सीमित रहेको थियो । एभेन्जर्स सिरिजमा जोडीएपछि यसको लोकप्रियता झनै बढेको हो ।

कमेन्ट गर्नुहोस्