अशोक भर्सेस अनमोल : ट्रेण्डिङमा अनमोल अगाडी

जयहोस् । विहिबार नेपाली गीतसंगीतमा चर्चामा आउने दुई गीत सार्वजनिक भएका छन् । प्रतिक्षित फिल्म ‘क्याप्टेन’ को पहिलो गीत ‘रहर छ हुने तिमिसँग’ राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । अहिलेका सुपरस्टारको ट्याग पाएका अनमोल केसी अभिनित फिल्म भएकोले पछिल्लो समय यो प्रतिक्षित छ । साथै विहिबार नै पछिल्लो समयका भाइरल ब्वाई अशोक दर्जीको गीत पनि सार्वजनिक भयो । गीतमा अशोकसँगै टंक बुढाथोकी र उनका छोरा आर्यन बुढाथोकीको स्वर रहेको छ ।

पहिलो गीत ‘मन बिनाको धन ठुलो’ मार्फत २४ घण्टामा युट्युब सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड बनाएका अशोकको गीतसँग कतै अनमोलपछी त पर्दैनन् भन्ने चर्चा नचलेको पनि होइन । किनकी अशोक पछिल्लो समयका भाइरल ब्वाई नै हुन् । तर अनमोल र डेब्यु गर्ल उपासना सिंह ठकुरी फिचर्ड गीत ‘रहर छ’ ले ट्रेण्डिङमा फड्को मारेको छ । न्युज तयार पार्दासम्म १ लाख ७५ हजार भ्युज भएको गीत नेपाल ट्रेण्डिङको दोस्रो स्थानमा आएको छ भने अशोकको गीत ४ लाख ५० हजार भ्युज सहित ट्रेण्डिङमा १७ औ स्थानमा छ । गीतको भ्युजमा अशोक अगाडी भएपनि छोटो समयमा नेपालमा सर्वाधिक हेरिएकोले अनमोल ट्रेण्डिङमा अगाडी छन् ।

रहर छ सँगै

चौरीको चाम्रो छुर्पी

कमेन्ट गर्नुहोस्