कन्हैयाले ल्याए ‘अचानक’

सङ्गीत । गायक तथा संगीतकार कन्हैया सिंह परियारले नयाँ गजल गीत ‘अचानक’ सार्वजनिक गरेका छन् । तीनदशक देखी सङ्गीतिक क्षेत्रमा सक्रिए परियारको उक्त गीतको भिडियो बिहीबार सार्वजनिक गरिएको हो। गीतकार डा. कृष्ण हरि बरालका शब्द र सङ्गीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ । कार्यक्रमका प्रमुख अतिथि सङ्गीतकार शम्भूजीत बासकोटाले गजल गीतको प्रसंशा गरे । उनले गजलका शब्द, सङ्गीत संयोजन र गायकीको खुलेरै प्रसंशा गरेका थिए । उनले गायक परियारले गीतसंगीतमा गरिरहेको योगदानको बारेमा पनि चर्चा गरे ।

गायक परियारले गजलको बोलबारे प्रष्ट पारे । बोल अचानक भएपनि करिव तीन वर्षको मेहनतपछि यो संगीत पारखीमाझ आउन सफल भएको बताए । राजु कार्की उक्त गजलका संगीत संयोजक हुन् ।

उक्त गजलको भिडियोमा गजित विष्ट र अञ्जली अधिकारीले अभिनय रहेको छ । सुबोल थापाको कोरियोग्राफी रहेको यो भिडियोको छायांकन बुद्ध थापाले गरेका छन् भने नबिन निरौला यसका सम्पादक हुन् । गम्भिर विष्टको निर्देशनमा तयार भएको भिडियोमा गायक परियारलाई पनि फिचर गरिएको छ ।

कमेन्ट गर्नुहोस्