जन्मोत्सवमा हरिहर भन्छन् ‘फिल्मनगरी र दर्शकले स्विकार्नु हुन्छ’

फिल्म । पछिल्लो समय हरिहर अधिकारी ज्योतिषसँगै फिल्मका कारण पनि चर्चामा छन् । उनले यसै वर्षको चैत्रमा रिलिज हुने फिल्म ‘शुभ लभ’ मार्फत नायकको रुपमा डेब्यु गर्दैछन् । यिनै हरिहरको जन्मोत्सव फिल्म युनिटले सेलिब्रेट गरेको छ । उनले विहिबार राजधानीमा आयोजित एक कार्यक्रममा २६ औं जन्मदिन मनाएका छन् । फिल्मको तर्फबाट डेब्यु गर्ल क्रिष्टिन पौडेल र निर्देशक सन्तोष बाबु लोहनी उपस्थित थिए भने कलाकार तथा निर्देशक दीपाश्री निरौला, कलाकार निर्मल शर्मा, सञ्चारकर्मी तथा गीतकार बाबुराम दाहाल लगायत पनि उनलाई शुभकामना दिन उपस्थित थिए ।

‘मलाइ निकै खुसि लागिरहेको किनकी यो मेरो अब अर्को एउटा फ्यामिली झैँ भैसकेको छ’ हरिहरले केक काट्ने क्रममा भने ‘फिल्म राम्रो बनाउने कोसिस गरेका छौ , आश छ मलाइ यसक्षेत्र र दर्शकले स्विकार्नु हुनेछ ।’फिल्ममा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, डाक्टर सुर्या थापा, प्रदीप वास्तोला, नम्रता सिंम्खडा लगायतका कलाकारको पनि अभिनय रहेको छ । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । यसको कथा अधिकारी स्वयमले नै लेखेका हुन् । यसलाई पटकथा तथा संवादको स्वरुप अभिमन्यु निरबीले दिएका हुन् ।

कमेन्ट गर्नुहोस्