चार रुपैयाँमा काटियो कपाल

सौन्दर्य । बि.स्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सवको उपलक्ष्यमा चार रुपैयाँमै कपाल काटेको छ । वार्षिकोत्सवको उपलक्ष्यमा मेकअप आर्टिस्ट बिक्रम गौतमले उक्त सुविधा दिएका हुन् । उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका मेयर मीठाराम अधिकारी,बुनपा वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराई, बुनपा वडा नं १० का वडाध्यक्ष नमराज भट्टराई लगायत उपस्थित थिए ।

मेयर अधिकारीले युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेकोमा सञ्चालक गौतमलाई बधाई एंव शुभकामना व्यक्त गरे । उनले आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसैगरी बुनपा वडा नं १० का वडाध्यक्ष नमराज भट्टराईले शुभकामना दिदै सञ्चालक गौतमको उज्वल भविष्यको कामना गरे । उनले गौतम प्रतिभाका धनी रहेको र धेरैलाई रोजगार प्रदान गरेको भन्दै प्रशंसा गरे ।

त्यसैगरी हरि निरौला ‘कक्रोज’ले सञ्चालक गौतमको प्रशंसा गर्दै मेकअप आर्टिस्ट गौतमको मेहनत र संघर्षले यो स्थानसम्म आइपुगेको भन्दै चर्चा गरे । कार्यक्रममा कलाकार दीपक आचार्य ‘काकु’, सागर लम्साल बले, सुबोध गौतम ‘एकदुमे’, भरतमणि पौडेल, सुरक्षा इटानी, रश्मी पाण्डे, पवन खतिवडा, नवीन थापा, नव नवीन खतिवडा, पुरुषोत्तम आचार्य, बबिन राई, असोक धिताल, कुमार प्रयास, गोकुल अधिकारी लगायतका कलाकारले शुभकामना मन्तव्य राखेका थिए ।

कमेन्ट गर्नुहोस्