हलमा ‘चि मुसी चि: इभन डेड डिजायर बिलोङ्गिङ’

फिल्म। ‘चि मुसी चि: इभन डेड डिजायर बिलोङ्गिङ’ प्रदर्शनमा आएको छ । हरर जनराको फिल्मले नेपाली बजारमा पाइरहेको दर्शक बढाउने विश्वास निर्माण टिममा छ । मर्ण जेम्स र यश साइनीको निर्देशनमा तयार फिल्मले हरर कन्टेनमा उठने प्रश्नको जवाफ दिने बताइको छ।

‘हरर फिल्ममा दर्शकले हेर्दै गर्दा थ्रिल पैदा गर्न सकेको टेक्निक अपनाएका छौं। यसले हलसम्म पुग्ने दर्शकलाई रेगुलर भन्दा फरकपन पक्कै दिनेछ, निर्देशक जेम्सले भनिन्। प्रियंका कार्की, ऋचा शर्मा, आयुषमान देशराज जोशी, बेनिशा हमाल, रविन्द्र झा लगायतले अभिनय गर्नुभएको छ ।

अभिनेत्री हमालले यसअगाडी ‘घर’ नामाक फिल्ममा काम गरिसकेकी छिन् ।अभिनेत्री हमाल झैँ अभिनेत्री शर्माले ‘सुनकेशरी’ र अभिनेत्री कार्कीले आवरण, माला लगायतका हरर फिल्ममा काम गरिसकेकी छिन् । निर्देशकद्वयकै लेखन रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, निर्देशक साइनीको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्