माघमा ‘ममी’

फिल्म । अभिनेत्रीद्धय प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको फिल्म ‘ममी’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी माघ २५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म सपना नामक पात्र जीवन र सङ्घर्षमा केन्द्रीत छ । सार्वजनिक पोस्टरमा एउटा ठुलो रुखको फेदमा घर अनि प्रियंका र दीयालाई सोही रुखको आकारमा प्रस्तुत गरिएको छ ।

पोस्टरमा प्रियंकालाई गम्भिर भावमा प्रस्तुत छिन् भने दीयाको रगताम्य अनुहारसहित डरलाग्दो अवतारमा प्रस्तुत छिन् । हरर फ्यामिली ड्रामा कथामा निर्माण भएको फिल्मले एक परिवारमा छोरी र कुकुरको दु:खद निधन पश्चात रहस्यमय कालो बिरालो अपनाएसँगै निम्तने विपत्तिलाई दखाउने छ ।

एसओ ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रियंका र दीयासँगै सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाल लगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा समर निरौलाको लेखन तथा निर्देशन रहेको छ ।

लोक राज जोशी र पूर्णिमा जोशी निर्माता, सुमन कोइराला कार्यकारी निर्माता रहेको फिल्मलाई निसल पौडेल र शरद महतोले छायांकन गरेका हुन् । यसमा दिपेश चौधरीको कलर तथा सुरेन महर्जनको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्