‘गरुड पुराण’ बाट नयाँ प्रियंकाको आगमन (फोटो फिचर )

फिल्म । माघ ४ बाट प्रदर्शनमा आउने फिल्म ‘गरुड पुराण’ बाट फिल्मनगरीले नयाँ प्रियंका पाउदैछ । अर्थात् फिल्म मार्फत प्रियंका सिंह ठकुरीले डेब्यु गर्दैछिन् । फ्रेस अनुहारको खोजि भईरहदा उनि डब्सम्यास र म्युजिकल्ली मार्फत नोटिस भएपछी उनलाई फिल्ममा लिइएको हो । ‘हामीले फ्रेस अनुहार खोज्दै जादा म्युजिकल्लीमा उनको भिडियो देख्यौ’ निर्देशक सुबास कोइरालाले भन्छन् ‘उनको अभिनय क्षमता त्यहाँबाट पनि मुल्यांकन भयो र पछी अडिसन पनि लिएका हौ ।’ पछिल्लो पुस्ता झैँ प्रियंका पनि उक्त समयमा म्युजिकल्लीमा निकै व्यस्त थिइन् । तर उनलाई अभिनय गर्न भने त्यति सहज भएन ।

‘अभिनय गर्न गाह्रो हुने रैछ , थाहा पाए’ प्रियंकाले कुराकानीको क्रममा भनिन् ‘कोठामा बसेर म्युजिकल्ली बनाउनु र बाहिर क्राउडको अगाडी अभिनय गर्नु फरक कुरा हो ।’ तर उनि आफ्नो को-स्टारहरु प्रति थ्यांकफुल छिन् । ‘सबैले निकै सपोर्ट गर्नु भयो , त्यसैले पर्दामा उभ्याउन सके’ प्रियंका भन्छिन् ‘फिल्म मार्फत धेरै सिक्न पाएकी छु ।’

फिल्ममा उनि कर्माको अपोजिटमा छिन । कर्माले पनि उनको अभिनयको तारिफ नै गरे । ‘निकै मेहनती छिन , केहि समय गाह्रो भयो तर पछी उनले तरिका सिकिन्’ कर्मा भन्छन् ‘पछिल्लो समय फिल्मनगरीमा नयाँ अनुहारहरु चाहिरहेको अवस्था प्रियंकाको भविष्य उज्वल छ ।’ आउदा दिनमा प्रियंकाको यात्रा कस्तो हुने हो ? यो भविष्यले नै बताउनेछ तर रिलिजको क्रममा रहेको फिल्म ‘गरुड पुराण’ ले भने उनलाई चर्चामा ल्याएको छ ।

फिल्ममा कर्मा र प्रियंकासँगै नाजिर हुसेन , प्रविन खतिवडा , कामेश्वर चौरसिया , लुनिभा तुलाधर लगायतको अभिनय रहेको छ । पारिवारिक प्रेमकथामा आधारित गरुड पुराणमा हास्यरस पनि रहेको निर्देशक सुबास कोईरालाको भनाई छ । आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो फिल्मको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गर्दैछन् । तस्वीरहरु : सरोज श्रेष्ठ

कमेन्ट गर्नुहोस्