गीतकार सुवेदीले ल्याए ‘अधर’ (भिडियो)

0 Shares

संगीत । बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी ‘दुबसु’को शब्द र वरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको गीत अधरको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपालीहरुको महानपर्व विजयादशमीको पहिलो दिन घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा संगीत शिखर शन्तोषले भरेका छन् ।

बेलायतको लण्डनस्थित विभिन्न रमणीय एवं मोहक दृश्यमा खिचिएको भिडियोमा प्रायः बलिउड, हलिउडका फिल्महरुमा देखिने दृश्यहरु ट्राफलगर स्क्वायर, अक्सफोर्ड स्ट्रिट, ओटु एरिना लगायतका स्थानहरु देख्न सकिन्छ । गीतकार डा.दुबसु क्षेत्री नेश्नल डेभेलपमेन्ट फाउण्डेसनको प्रस्तुतिमा लण्डनस्थित केके मुभिजसंगको सहकार्यमा म्यूजिक भिडियो तयार भएको हो ।

बेलायती नेपाली समुदायमा सफल व्यवसायी र समाजसेवीका रुपमा स्थापित विष्णु खरेलले यसै भिडियो मार्फत मोडलिङमा डेब्यु गरेका छन् । उनलाई बेलायतमा स्थापित मोडल रोश्ना कार्कीले साथ दिएकी छिन् । कार्कीले बेलायतमै निर्मित आधा दर्जन भिडियोमा अभिनय गरिसकेकी छिन् । भिडियोमा सञ्चारकर्मी एवं निर्देशक कुशल श्रेष्ठको छायांकन, सम्पादन तथा निर्देशन छ । साथै, भिडियोमा सह–निर्देशन आशिष श्रेष्ठ र रंग संयोजन नविन निरौलाले गरेका छन् ।

कमेन्ट गर्नुहोस्