‘समयको माँग अनुसार अघि बढ्यौ’ मदनकृष्ण

फिल्म । मह सञ्चार भन्ने वितिकै अनेक किसिमका कार्य मार्फत दर्शकको मानसपटलमा छाउने गर्छन् । किनकी मह अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले टेलिफिल्म , सडक नाटक , फिल्ममा अभिनय , जान चेतनाका कार्यक्रममा अनेकौ गरेका छन् । त्यसैले व्यक्ति पिच्छे चिनारी फरक छ ।

‘हामीले समयको माँग अनुसार आफुलाई प्रस्तुत गर्दै ल्यायौ’ मदनकृष्णले भने । उनले महको सहकार्य ४० वर्ष पुरा भएकोमा खुसि पनि व्यक गरे । ‘हामीले चार दशक पार गरेछौ’ उनले भने ‘तर , फिल्ममा निकै कम देखियो ।’ मदनले आफुले फिल्ममा कम काम गरेकाले कलाकार पनि कम चिन्ने बताए ।

‘सकेसम्म फिल्ममा काम गर्छु’ उनले भने । मह सञ्चारको फिल्ममा शरीरले भ्याउँदासम्म आफु देखिन उनको योजना छ । ‘रोगले मानिसलाइ केहि गर्दैन् , हौसला प्रदान गर्ने साथ् चाहिन्छ’ उनि आशावादी सुनिए । मदनले पछिल्लो समय आफ्नै मह सञ्चारको फिल्म शत्रु गते र दाल भात तरकारीमा छोटो भूमिका निर्वाह गरेका छन् । पछिल्लो फिल्म ‘दाल भात तरकारी’ पछि तुरुन्तै मह सञ्चारको ब्यानरमा फिल्म निर्माण हुनेछैन । केहि समय अब जान चेतना मुलक कार्यक्रममा व्यस्त हुने योजना छ । त्यसपछि भने फिल्म निर्माण तर्फ लाग्ने बुझिएको छ ।

कमेन्ट गर्नुहोस्