फिल्म । जुनिम गहतराजको निर्देशनमा निर्माण भएको चलचित्र ‘ताण्डवम्’ को थिम पोस्टर सार्वजनिक गरिएको छ। धार्मिक लाग्ने नाम ‘ताण्डवम्’ को कथा फरक रहेको निर्देशक गहतराजले बताए । सिंहदेवी प्रोडक्सन हाउसको ब्यानरमा निर्माण गरिएको चलचित्र फागुन २ गते भ्यालेन्टाइन डेको दिनबाट प्रदर्शनमा आउनेछ।
अनिरुद्द आत्रेय र हुसेनको कथा रहेको चलचित्रलाई धन कुमारी गहतराज,सविना मगर र मनिष गौतमले निर्माण गरेका हुन्। यसमा हरि घले लामाको छायाँकन, सम्राट बस्नेतको द्वन्द निर्देशन रहेको छ। चलचित्रमा अंकीत खड्का,पुस्कर गुरुङ,प्रेम सुब्बा,अनोज पाण्डे,सरिना मगर,जुनीम गहतराज लगाएतका कलाकारको अभिनय रहेको छ।
कमेन्ट गर्नुहोस्











