फिल्म । निर्देशक बिकासराज आचार्यको निर्देशनमा तयार फिल्म ‘हजार जुनीसम्म’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरहरुमा फिल्मला मुख्य कलाकारलाई समेटिएको छ । पोस्टरमा आर्यन सिग्देल , स्वस्तिमा खड्का , सलोन बस्नेत , शिवहरि पौडेल , संचिता लुइँटेल , अनुभव रेग्मीसंगै डेब्यु ब्वाई अखिलेश प्रधान देखिएका छन् । पोस्टरले फिल्म प्रेम कथामा आधारित रहेको सजिलै अनुमान लगाउँन सकिन्छ ।
पोस्टर सार्वजनिकसंगै फिल्म साउन अन्तिममै रिलिज हुने भएको छ । केहि समय अगाडी भाद्र ६ मा रिलिज हुने चर्चा चलेता पनि फिल्म साउन ३१ मै रिलिज हुनेछ ।
नाई नभन्नु ल सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । फिल्ममा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।